Saturday, August 15, 2009

हत्या ? हिम्सा ? अस्तब्यस्तता ? कुन ठुलो कुरा हो र सन्क्रमणकाल हो।

मलाई माफ गर्नुहोला यो भनाइ मेरो होइन यो त हाम्रो देसको नयाँ हरु मध्येको एक 'नयाँ' हो जुन आजभोलि नेपालमा धेरै लोकप्रिय छ। हामी भाग्यमानी कि अभागी धेरै भन्दा धेरै नयाँ हरु भोगिरहेछौ नयाँ नयाँ घटनाहरु घटिरहेछन। सुरुमा शाह वंसिय राजा हरुले नेपाल एकिकरण गरे अनी आफ्नै पारिवारिक सम्पत्ति मानी पालो गरी गरी शासन गर्न थाले अनी अर्को थरिको चित्त बुझेन उनिहरुलाई पनि नयाँ नेपाल चाहियो कि कसो ति शाह हरुलाई नै कब्जा गरेर फेरी उनिहरु पनि देसलाई आफ्नै प्यवा जस्तो गर्न थाले, देस बासी हरुलाई पेल्नु सम्म पेले देसलाई अन्धकार नै बनाए अनी सहन नसकेर राष्ट्रबासी हरुले नयाँ कुरा गरे ति सासक बिरुद्ध 'आन्दोलन'। त्यो नयाँले पनि धेरै बस्न पाएन फेरी अर्को अन्धकार छायो देसमा। जनता पनि के कम थिए र एक पछी अर्को नयाँ देखिरहेका फेरी अर्को नयाँ को अभाब महसुस गरिहाले र ल्याइ छाडे नयाँ 'नयाँ'। जती सुकै नयाँ हरु आए पनि चित्त नबुझ्ने हाम्रो देस मा त्यो नयाँ पनि चाडै पुरानो बनी हाल्यो। बिचरा 'नयाँ' कती माया गर्छ हामीलाई २-३ बर्ष मात्र हुँदैछ भर्खरै आएको, यस् पटक चै साह्रै रिसाएर आएजस्तो छ क्यार देस को नाम नै नयाँ बनाइदियो 'नेपाल' लाई 'संघीय लोक्तान्त्रिक गणतन्त्र नेपाल' बनाइ दियो धेरै संघ सम्स्था हरुको नयाँ न्वारन गरी दियो हरेक कुरा नयै नयाँ निती नियम नयाँ काम गर्ने तरिका नयाँ समस्या नयाँ समाधान नयाँ के रमाइलो हो सबै नयै नयाँ। दुई चार वाटा कुरा हरु त झनै नयाँ भएका छन सरकार, सरकारको गठन अनी पतन अनी फेरी अर्को सरकार गठन ति सबै कर्मकाण्ड हरु नयै तरिका बाट भए। धेरै राम्रा खाल्का नयाँ हरु लिएर आएको यस् पटक को नयाँ ले त्यती नै नराम्रा नयाँ हरु पनि बोकेर ल्याएको रहेछ जुन अहिले छरिरहेको छ। गरीबी नयाँ अशान्ती नयाँ, हत्या, हिम्सा, अपरहरण, बलत्कार, महंगी, हाहाकार, लोड्सेडिङ, इन्धन पानी खाना अभाब, बेरोजगारी, प्रकोप, अतिक्रमण वाह कती धेरै नयाँ। यो कती अनौठो कुरा मान्छे हरुले बोल्ने भाषा पनि नयाँ हुन थालेका छन। अहिलेको जल्दो बल्दो निउ इन्ट्री को रुपमा अहिले 'सन्क्रमणकाल' भन्ने नयाँ आएको छ जय हो यो नयाँ को। हाम्रा देसका ठुला कुर्सी माथिका फर्सी हरुलाई राम्रै बाहाना बनेको छ यो। संयोग हो भन्ने कि दिक्क माने हो म दोधारमा छु हाम्रो देस एउटा त्यस्तो देस भयो जसलाई सधैं एउटा न एउटा कालले पनि च्यापिरहेको छ लिच्छबिकाल, मल्लकाल, शाहकाल, राणाकाल त्यस पछी सुरु हुन्छ अशिक्षा, भोकमरी, अनिकाल, पञ्चायतिकाल, प्रजातन्त्रकाल, बहुदलकाल, जनयुद्धकाल अनी फेरी संकट्काल, अनिकाल गणतन्त्रकाल हुँदै अहिले 'सन्क्रमणकाल'।यो काल चै अली नराम्रो नै हुदो रहेछ जता सुकै चोरी, डकैती, हिंसा, मुड्भेड, कुट्पिट, मारकाट, अपहरण, फिरौती, बलात्कार, बैदेशिक हस्तक्षेप, दन्डहिनता अरु कती हो कती भनेर सध्य नै छैन चारै तिर अशान्त बन्दै बन्द फेरी यही बेला प्राकृतिक प्रकोप पनि। हुन त यो 'नयाँ' को राम्रो प्रयोग नभएर नै भएको हो नयाँ को अर्थ नबुझेर। तिनै कुर्सी माथीका फर्सी हरुको कारण भईरहेछ यस्तो(मलाई पनि एउटा नयाँ उपमा को प्रयोग गर्न मन लाग्यो)। देसलाई भद्रगोल बनएका छन आ-आफ्नो स्वार्थ पुर्तिका लागि खोक्न सम्म खोकेका छन, जनता लाई भड्काएर आपसमा लडाएका छन हिम्सा मच्चाउनेलाई राजनैतीक संरक्षण दिएका छन, देसको कुना कुना मा असुरक्षा ब्यप्त छ जनता लाई सुरक्षित राख्न सकेका छैनन अनी सानो भन्दा सानो घटना पनि रोक्न असमर्थ छन अनी भनिदिन्..."हेर्नुस् सन्क्रमण काल मा यस्तै हुन्छ"। होइन हाम्रो देसले कती वटा कालको सामना गर्नु पर्ने हो भन्या कहिले अनिकाल,कहिले संकटकाल, कहिले युद्धकाल अब अहिले सन्क्रमणकाल रे!!! अझै अहिलेको नयाँ मा त देस टुक्र्याउने कुरा पनि भइरहेछ धर्म, संस्क्रिती अनी भाषाको आधारमा यो पनि संक्रमणकाल भएर नै होला शायद। यस्ता अनर्थ बाट देसलाई अब कसले बचाउला नयाँ नयाँ प्रभु हरु पनि देस भांड्न नै लागि परेका छन जता सुकै बबालैबबाल यस्तै सधैं भाईरहने हो भने के हुन्छ हाम्रो देसको हाल भनेर फेरी सोध्यो बिरोध स्वरुप धर्ना दियो जुलुस निकाल्यो फेरी उही जबाफ आउछ "यो कुन ठुलो कुरा हो र अहिले सन्क्रमणकाल हो, सन्क्रमणकाल मा यस्तै हुन्छ"।

सुजन न्यौपाने सिड्नी अष्ट्रेलिया

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete