Saturday, August 15, 2009

'झाडापखालले जब कसैलाई सताउछ दिल्ली लेनै उस्को प्राण बचाउछ'

झाडापखाला ले जब कसैलाई सताउछ जीवनजल ले नै उस्को प्राण बचाउछ।।। अब शायद यो जीवनजल को बिज्ञापन ले हाम्रो देसमा झाडापखाला रोक्ला जस्तो छैन यदी रोक्ने नै थियो भने दुई दुई वटा सरकार ले यती धेरै सास्ती किन भोग्नु पर्थ्यो र? अहिलेको युगमा यती सानो रोगले कारीब ३०० जनाले ज्यान गुमाउनु नै किन पर्थ्यो र? अझ मान्छे मर्ने क्रम त रोकिएको नै छैन दिन दिनै यती मरे उती मरे भन्ने पढ्न सुन्न पाईन्छ, खास के छ र त्यहा त्यस्तो जसले त्यो महामारी रोक्नै सक्दैन? प्रधानमन्त्रीले पनि निरिक्ष्यण भ्रमण गरिसके , स्वास्थ्य मन्त्रीले पनि बिदेस भ्रमण गरी सके अझ अरु धेरै पदाधिकारीहरु ले आकाश र जमिन दुबै ठाउँ बाट निरिक्ष्यण गर्न भ्याइसकेका छन। अझ अघिल्लो सरकारका मन्त्री हरु पनि त्याहा पुगेका नै थिए। झन त्यस्तो बिकट ठाउँमा मन्त्री र नेतागण हरु हेलिकप्टरमा उड्दै तल खच्चड लाई ओखतिको भरी पनि बोकाएकै थिए अझ सैनिक, राजनीतिक कार्यकर्ता अनी स्वास्थ्यकर्मीहरुको बाक्लो सकृयाता छ तै पनि समस्या त अझै जस्ताको त्यस्तै नै छ भने पनि फरक नपर्ला। त्यात्रो महामारीले सैयौ मनिसहरु मरिरहेका थिए स्वास्थ्यमन्त्री जर्मनी तिर हानिए लौ अब चै गतिलो ओखती ल्याएर रोग निर्मुल गर्लान है भनियो तर कहाँ हुनु उनी त अर्कै काममा पो त्यता हानिएका रहेछन। रक्षा मन्त्री अस्ती भारत जादा पनि त्यस्तै आशा गरेको अब भने केही होला भनेको त हतियार किन्न पो गएको रे भन्ने सुन्न पाइयो अनी त अचम्म लागेर आयो मुलुक लामो समय देखी अस्थिर छ भर्खरै दशक लामो युद्ध सकिएर शान्ती प्रकृया अघी बढीरहेको छ भएका सेना र माओवादी लडाकु अनी तिनिहरुका हतियारको ब्यबस्थान भइसकेको छैन, त्यही सेना र हतियार को कुरा ले फेरी शान्ती प्रकृया अन्योलमा पारीरहेको छ अनी सरकार त्यही शान्ती प्रकृयालाई पूर्ण सफल बनाउछु भनेर अघी बढीरहेको बेला किन चाहिएछ त हतियार भन्ने सोच्दै बसेको लाग्यो त्यात्रो प्रयास गर्दा पनि मत्थर नहुने महामारी बिरुद्ध अब सरकारले सैनिक कारबाही गर्नलाई पो हतियार सम्झौता गर्न लागेछ तर धन्य त्यस्तो केही होइन रहेछ भ्रमणको कारण त अर्कै रहेछ अनी मन्त्रिको स्वास्थ्य पारीक्ष्यण पनि। धेरै पहिला बाट सुन्न पाएको कुरो नै हो दिल्लीमा नेपाल र नेपालीहरुको बारेमा खुब चासो गरिन्छ रे त्यही भएर नै होला हाम्रा नेता हरु पनि त्यो ठाउँ लाई पवित्र तिर्थ नै सम्झन्छन अझ हरेक नयाँ नेपाली प्रधानमन्त्रीहरुले त आफ्नो पहिलो तिर्थाटन त्यही बाट सुरु गर्नु पर्ने रे अनी हाम्रोमा अर्को ठुलो समस्या छ नेताहरुको बिराम दिल्ली गएन भने निको नै हुँदैन सानो भन्दा सानो अनी ठुलो बिराम पनि दिल्ली पुगेर २-४ दिन उपचार गरेपछी चट। देशको राजनीति देखी लिएर राजनीतिज्ञ हरुको सबै प्रकारका समस्या हरुको त्यहा सजिलै समाधान हुदो रहेछ। रोगले पनि कुरा बुझे जस्तो छ है अब दिल्लीको बारेमा। कि त बिरामी हरु दिल्ली नै जानु पर्ने नत्र दिल्ली बाट फुकेर ल्याएको मन्त्र नै जप्नु पर्ने जस्तो छ अब नत्र त पखालाले नछोड्ने नै भये जस्तो छ। अनी अब 'झाडापखालले जब कसैलाई सताउछ दिल्ली लेनै उस्को प्राण बचाउछ' भनेर बिज्ञापन गर्नु नपर्ला भन्न सकिदैन। जय गाइजात्रा
Sujan neupane
August 10 2009

1 comment:

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete